माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
बैशाख २२, काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्ता लिएको पत्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवालयलाई बुझाएका छन्।
योसँगै वर्तमान सरकार अल्पमतमा परेको छ ।माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।
ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।
























