हेटौंडा उपमहानगरद्वारा संक्रमित बिरामीको लागि निशुल्क एमुलेन्सको व्यवस्था

बैशाख २३, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरस संक्रमित बिरामी घरबाट अस्पताल वा आइसोलेसनमा ल्याउनका लागि निशुल्क एमुलेन्सको व्यावस्था गरेको छ ।

संक्रमित बिरामीलाई ल्याउनका लागि कुनैपनि एमुलेन्सले आनाकानी गर्ने भएकाले निशुल्क एमुलेन्सको व्यावस्था गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले वताउनुभयो ।

अहिले दिनहुँजसो हेटौंडाको गौरीटार आइसोलेसन र हेटौंडा अस्पताल र भरतपुर सम्म कोरोनाका बिरामी लैजानका लागि एमुलेन्सले सेवा दिइरहेको मेयर महतले वताउनुभयो । एमुलेन्स ४ सै घण्टा गौरीटार आइसोलेसनमा राख्ने गरिएको छ ।

बिरामीको फोन आउने वित्तकै घरघरमा लिन जाने गरिएको मेयर महतले वताउनुभयो । कोरोना महामारीको समयमा स्थानीय सरकारले निशुल्क रुपमा एमुलेन्सको व्यावस्था गरेपछी बिरामी र उहाँका परिवार खुसी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*