बागमती प्रदेशमा संक्रमितको सख्या एक लाख ९६ हजार पुग्यो
बैशाख २३, हेटौंडा । बागमती प्रदेशमा हिजो एकै दिनमा ४ हजार ५ सय १९ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपीएका छन् ।
कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषेत्तम राज सेढाइले जानकारी दिनुभयो ।
बागमती प्रदेशका १३ जिल्लामा हाल सम्म एक लाख ९६ हजार ५ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हाल सम्म यस प्रदेशमा ३१ हजार ५ सय ५२ जना उपचाररत रहेको उहाँले वताउनुभयो । यस प्रदेशमा हाल सम्म १ हजार ५ सय ३७ जनाको निधन भएको छ।
मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । मकवानपुरको हेटौंडासंगै जिल्लाका दश वटै स्थानीय तहमा कोरोना भाइरसको उत्तिकै जोखिम बढेको छ । स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा थप समस्या भएको स्वास्थ्यकर्मीहरु वताउँछन् ।
मकवानपुर जिल्लामा पनि कोरोनासंक्रमितहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।
























