ओलीले विश्वासको मत प्राप्त गर्ने गरी अघि बढ्ने एमालेको निर्णय
२३ वैशाख, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्ने गरी सबै दलहरुसँगको छलफललाई निरन्तरता दिने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको स्थायी बैठकपछि एमाले नेता प्रदीप कुमार ज्ञवालीले यो जानकारी दिएका हुन् ।विहीबार विहान एमालेको आकस्मिक स्थायी कमिटी बैठक बसेको थियो ।
























