मकवानपुरमा थप ९७ जनामा कोरोना पुष्टि
बैशाख २३, हेटौंठा । मकवानपुरमा दिनानुदिन संक्रमितको संख्या तिब्र रुपले बढ्दै गएको छ । आज पनि जिल्लामा थप ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज पिसिआर ८८ जनामा गरिएको परीक्षणमा थप ६३ जनामा कोरोना र ५० जनामा एन्टीजन विधिबाट गरिएको परीक्षणमा थप ३४ जना गरेर थप ९७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ६० जना,थाहा नगरपालिकाका १२ जना,मनहरी गाउँपालिकाका २१ जना,मकवानपुरगढी र बागमती गाउँपालिकाका २ र २ जना रहेका छन् ।यो कार्यलयले जनाएको छ ।
मकवानपुरमा हालसम्म संक्रमण हुनेको संख्या ३ हजार ९ सय २१ रहेको छ । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ रहेको छ । मकवानपुरमा हाल सक्रिय संक्रमितको संख्या ९ सय ८८ जना रहेका छन् ।
जसमा ९ सय ३९ जना घरमा र ४९ जना आइसोलेसनमा ९हेटौंडा अस्पतालमा २२ र गौरिटार मा २६ जना० उपचाररत रहेका छन् ।
























