मनहरीका एक संक्रमितको हेटौंडा अस्पतालमा मृत्यु

बैशाख २६, हेटौंडा । हेटौंडा अस्पातलमा थप एक ६५ वर्षीय संक्रमित पुुरुषको मृत्यु भएको छ ।

आज बिहान मनहरी ९ का संक्रमितको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मनहरी गाउँपाकिलाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

उनलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा उपचारको लागि ल्याईएको थियो । संक्रमित पुरुष प्रेसर,थाइराईड,सुगर रोगबाट पीडित रहेका थिए ।

यो संगै हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि शनिबार हेटौंडा अस्पतालमा हेटौंडाका एक र जिल्ला बाहिरका एक संक्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*