संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौं, बैशाख २६ – संवैधानिक परिषद्को बैठक सुरु भएको छ ।

आइतबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा संवैधानिक परिषद् अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालगायत उपस्थित छन् ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा अनुपस्थित छन् । आजको बैठकले विभिन्न संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गर्ने स्रोतले जानकारी दियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*