६० थान पिपिइ हेटौँडा अस्पतालाई हस्तान्तरण
बैशाख २६, हेटौँडा । बढ्दो कोरोना संक्रमणको समयमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपिइ आज हेटौँडा अस्पताललाई हस्तान्तरण गरिएको छ ।
राप्ती विकास समितिले हेटौँडा अस्पताल परिषर पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई ६० थान पिपिइ हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष निमाडोल्मा आचार्यले प्रतिष्ठानका रजिष्टार समेत रहेका अस्पताल सञ्चालन समितिका अध्यक्ष राजेश प्रसाँईलाई पिपिइ हस्तान्तरण गरेकी हुन् ।
करिब ५० हजार रुपैँया बराबरको ६० थान पिपिइ हस्तान्तरण गरिएको समितिले जानकारी दिएको छ । कोराना संक्रमणले भयावह रुप लिएको अवस्थामा अस्पतालमा २४ अैँ घण्टा कार्य गर्ने स्वास्थ्यकर्मीहरुलाई संक्रमणबाट जोगिन काम लाग्ने सामग्री सहयोग गर्न पाउँदा आफुहरु खुसी भएको समितिका सस्थापक ऋषिराम आचार्यले बताए ।
कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको सन्र्दभमा स्वास्थ्यकर्मीको लागि यसरी सामजिक क्षेत्रबाट सहयोग हुँदा मनोबल उच्च हुने अस्पताल सञ्चालक समितिका सदस्य उत्सब चौँलागाईले बताए । कार्यक्रममा सस्थाका सल्लाहाकार मदन दाहाल सहित केहि स्वास्थ्यकर्मीको सहभागिता थियो ।
























