माधव नेपाललाई विष्णु पौडेल र सुवास नेम्वाङले भेटे
२६ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
नेता नेपाललाई भेट्न पौडेल र नेम्वाङ सिंहदरबार आएका छन् । नेपाल पक्षको स्थायी कमिटीका नेताहरुबीच छलफल भइरहेका बेला पौडेल र नेम्वाङले नेता नेपालसँग भेट्न समय लिएका थिए ।
तर नेता नेपालले भने स्थायी कमिटी बैठकमा बसिरहेको र त्यसपछि सांसदहरुसँग बैठक सकेर भेट्न सकिने जवाफ दिएका स्रोतले बताएको छ ।
तर पौडेल र नेम्वाङले सांसदहरुको बैठकअघि नै भेट्न जोड दिएका थिए । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेका छन् ।
२ जेठ २०७५ को एमाले पार्टी संरचना, विधान र नेतृत्वमा ओली फर्कन तयार नभएमा विश्वासको मत दिनु अगाडि नै राजीनामा दिने तयारी यो समूहले गरेको छ ।
























