ओलीलाई आजै बिदाई गर्नुपर्छ – बाबुराम भट्टराई

बैशाख २७, हेटौंडा –जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आज (सोमबार) संसद्मा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै बिदाइ गर्नुपर्ने बताएका छन् । उनले विभिन्न चार कारण औंल्याउँदै ओलीलाई विश्वासको मत दिन नहुने जनाएका छन् ।

डा। भट्टराईले आज बिहान ट्वीट गर्दै ओली सरकार कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको आरोप लगाएका छन् । त्यस्तै ओलीले संविधानविपरीत संसद् विघटन गरेर र दुई तिहाइ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेको, संवैधानिक अंगलगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको र खोप–औषधि खरिदमा समेत भ्रष्टाचार गरेको भट्टराईले उल्लेख गरेका छन् ।

‘ओलीलाई आजै बिदाइ गर्नुपर्ने प्रमुख कारणः १। कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको २।संविधानविपरीत संसद् विघटन गरेर र २–३ नजिकको बहुमत खेर फालेर देशलाई अस्थिरतामा धकेलेकोस ३। संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेकोस ४।खोप–औषधि खरिदमा समेत भ्रष्टाचार गरेको १,’ उनले ट्वीट गरेका छन् ।

जसपाको भट्टराई र उपेन्द्र यादव पक्षले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । महन्थ ठाकुर र राजेन्द्र महतोले पनि ओलीलाई विश्वासको मत नदिने बताइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*