अनुचित निर्यण नलिनोस्,समस्या भए छलफल गरौँ – प्रधानमन्त्री ओली
बैशाख २७,काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल-नेपाल पक्षलाई हतारोमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गरेका छन् ।
ट्वीटरमार्फत सम्बोधन गर्दै ओलीले आन्तरिक मतभेद वा असन्तुष्टी केही भए आपसी छलफलबाट समाधान गर्न सकिने बताएका छन् ।‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।
आउनुस् केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं,’ ओलीले ट्वीटमा भनेका छन् ।
























