हेटौँडाको क्याम्पाडाँडामा भेटियो बम
बैशाख २७, हेटौँडा । हेटौंडा उपमहानगरपालिका स्थित वडा नंबर ५ क्याम्पाडाँडा को चौरमा सकेट बम फेला परेको छ। पिप्ले रंगशाला निर्माणस्थलमा निर्माणकार्य जारी रहदा बम फेला परेको हो ।
खिया लागेको अवस्थामा करिब ६ इन्ज जति लामो सकेट बम फेला परेपछि स्थानीय जनप्रतिनिधिको टोलीले प्रहरीलाई खबर गरेको थियो । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।
तत्कालिन नेपाल प्रहरीको चौकी रहेको सो स्थानमा २०६१ सालमा तत्कालीन माओवादी जनमुक्ती सेना र प्रहरीसँग दोहोरो भिडन्त भएको थियो।
























