खनाल–नेपालले नयाँ पार्टी बनाए वामदेव गौतम पनि सामेल हुने

बैशाख २७, काठमाडौँ — नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए आफू त्यसमै सामेल हुने बताएका छन् ।

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीमार्फत सोमबार आफ्नो धारणा सार्वजनिक गर्दै गौतमले खनाल–नेपाल पक्षले नयाँ पार्टी बनाए आफू त्यसमै सामेल हुने बताएका हुन् ।

सुवेदीमार्फत गौतमले सार्वजनिक गरेको दोस्रो बुँदामा भनिएको छ, ‘वरिष्ठ नेता कमरेड माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरूले नेकपा ९एमाले० मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन ।

तर, यदि उहाँहरुले चाहे संसद्को ४० प्रतिशतसहित वा त्योबाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’ गौतमले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि आफ्नो दुईबुँदे धारणा सार्वजनिक गरेको सुवेदीले बताए ।

पार्टीलाई २०७५ जेठ २ मा फर्काउन गरेको गौतमको प्रस्तावलाई ओलीले अस्वीकार गरेको सुवेदीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*