आफ्नै घरमा बसेका हेटौँडामा एक संक्रमितको मृत्यु

हेटौँडा,बैशाख २८- हेटौँडा उपमहानगरपालिकामा आजपनि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमित भएका हेटौँडा १० का ७६ वर्षका बृद्धाको आज आफ्नै घरमा मृत्यु भएको हो । आजै बिहान चितवन मेडिकल कलेजबाट उनि घर आएका थिए ।

बैशाख १३ गते चितवन मेडिकल कलेजमा परिक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । उनलाई आज बिहान ३ बजे घर ल्याईएको थियो ।

उलाई मृगौलाको समेत समस्या रहेको जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौँलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*