देउवा, प्रचण्ड र उपेन्द्रबीच वार्ता

बैशाख २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।

मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।

देउवा निवास बूढानीलकण्ठमा तीन नेताबीच दिउँसो १२ः०५ बजेदेखि १२ः४५ सम्म ४० मिनेट भेट भएको स्रोतले जानकारी दिएको छ । आजै देउवाले सर्वदलीय बैठक बोलाएका थिए । तर, दिउँसो २ बजे बोलाइएको बैठक स्थगित गरेर उनले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

सोमबार संसद्मा भएको मतदानमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वास गुमाएपछि नयाँ सरकार गठनको आह्वान भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*