हेटौंडामा दक्षिणकाली मन्दिरको आवास भवनको शिलान्यास
बैशाख २८, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –५ सानोपोखरामा दक्षिणकाली मन्दिरको आवास भवनको शिलान्यास गरिएको छ ।
उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले भवनको शिलान्यास गर्नुभयो । बाहिरबाट आएका भक्तजन बस्नका लागि सहज होस भन्ने उदेश्यले आवास भवन निर्माण गर्न लागिएको हो ।
उपमहानगरपालिकाको ३० लाख रुपैयाँ लागतमा भवन निर्माण सुरु भएको मेयर महतले वताउनुभयो । दक्षिणकाली मन्दिरमा भक्तजनहरु टाढा टाढाबाट आउने हुनाले बस्नका लागि सहज होस भन्ने उदेश्यले आवास भवन निर्माण गरिएको हो ।
























