हेटौंडा १ को अस्थायी काठे पुल बाढीले भत्कायो
बैशाख २९, हेटौंडा । हेटौंडा-१ को राप्तीखोला तर्न लालझाडी र महिनटारका स्थानीयले बनाएको अस्थायी काठे पुल गएरातिको बाढीले भत्काइको छ ।
भत्किएको काठे पुलबाट जोखिम मोलेर राप्तीखोला तर्दै स्थानीयहरु । यसअघि अघिल्ला वर्षहरुमा स्थानीयहरु तुइनबाट राप्तीखोला तर्ने गर्थे । गत वर्ष २०७७ साउनमा तुइनबाट खसेर एक जना वृद्धको ज्यान गए संगै तुइन हटाएको थियो ।
काठे पुल भन्दा करिब तीन सय मिटर तल झोलुङ्गे पुल समेत रहेको छ तर स्थानीयहरु झोलुङ्गे पुल टाढा भएको भन्दै जोखिम मोलेर काठेपुलबाट खोला तर्ने गरेका छन् ।
























