मकवानपुरमा आज थप ३ संक्रमितको मृत्यु, २१३ जनामा संक्रमण पुष्टि

बैशाख २९, हेटौंडा । मकवानपुरमा आज थप २ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा ३ सय ६१ जनामा पिसिआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा थप २ सय १३ जनामा संक्रमण देखिएको कार्यलयले जनाएको छ ।

पुष्टि हुनेमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिका १ सय ७२ जना रहेका छन् । यसैगरि थाहा नगरपालिका र मनहरी गाउँपालिकाका १४ १४ जना रहेका छन् । यसैगरी भीमफेदीका ५ जना,मकवानपुरगढीका ४ जना,बकैयाका २ जना,इन्द्रसरोबर र बागमतीका १र१ जना रहेका छन् । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ५ हजार ९ सय ५५ पुगेको स्वास्थ्य कार्यलयले जनाएको छ ।

मकवानपुरमा आज थप ६६ जना संक्रमितले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा थप ६६ जनाले कोरोना जितेका हुन् । कोरोना जित्नेमा ६२ जना होम आइसोलेसन र ४ जना आइसोलेसनबाट रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएका छ । जसमा ५८ जना हेटौंडा उपमहानगरपालिकाका,५ जना थाहा नगरपालिकाका,२ जना मनहरी गाउँपालिका र १ जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् ।

यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ४ हजार १ सय ४ पुगेको कार्यलयले जनाएको छ । पछिल्लो २४ घण्टामा मकवानपुरमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ ।

कोरोनाको कारण हेटौंडा र भीमफेदीका ३ जनाको मृत्यु
मृत्यु हुनेमा हेटौंडाका २ जना र भीमफेदीका एक जना रहेको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संखया ४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*