भीमफेदीमा लोडर पल्टिदा चालकको मृत्यु
बैशाख ३०, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउँदै गरेको लोडर पल्टिदा चालकको मृत्यु भएको छ ।
गएराति राति १० बजे भीमफेदी-३ कैलाशडाँडा ऐनाभिरमा लोडर पल्टिदा चालक सोही वडा बस्ने अन्दाजी २५ वर्षीय राजेन्द्र घलानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमाल जानकारी दिए ।
उनका अनुसार हेटौंडा सिमेन्टको खानीबाट राजमार्ग तर्फ जाने बाटो सम्याउदै गरेको अनटेष्ट लोडर पल्टिएको हो ।हाल प्रहरी घटनास्थल तर्फ गईरहेको र थप अनुसन्धान भइरहेको प्रवक्ता रिमालको भनाई छ ।
























