देउवा निवासमा पुगे राजेन्द्र महतो
हेटौंडा, बैशाख ३०- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । केहीबेरअघि महतो देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष आजै दाबी पेस गर्दैछन् ।
देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले रातोपाटीलाई जानकारी दिए ।
जसपाको उपेन्द्र यादव समूहले देउवालाई सघाएपनि अहिलेसम्म महत्थ ठाकुर र राजेन्द्र महतो विपक्षमा रहेका छन् । यस्तो अवस्थामा महतो देउवा निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
























