आज देखि राक्सिराङमा पनि निषेधाज्ञा जारी

बैशाख ३१, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आज बिहान देखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।

गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेसंगै बिहान देखि अर्को निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

उनका अनुसार अत्यावश्यक बाहेक घरबाट हिडडुल गर्न नपाईने,गाउँपालिका भित्रका सवारी आवतजावत बन्द हुनेछन् । गाउँपालिकाबाट अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द हुने समेत अध्यक्ष मल्लले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*