ओली र नेपालबीच भेटवार्ता हुँदै

बैशाख ३०, काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता हुने भएको छ । उनीहरूबीच केही समयपछि भेट हुने नेपाल निकट नेता जगन्‍नाथ खतिवडाले इकागजलाई जानकारी दिए ।

ओलीले भेटेर छलफल गरौँ भनेका छन् खतिवडाले भने के भन्‍ने रहेछन् छलफल त गर्नुपर्‍यो । उनका अनुसार नेता नेपालले बालुवाटारमा नआउने भनेपछि भेट्‍न ठाउँ र समय भने टुंगो लागेको छैन् ।

आज बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि कारबाही फुकुवा गरेको थियो ।

२०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान नेपाल समूहले कायम राखेको छ । अर्थमन्त्री पौडेल स्थायी कमिटी बैठकअघि आज बिहान नेता नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बैशाख ३० गतेभित्र बहुमतको सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन् । राष्ट्रपति भण्डारीले दिएको समयसीमा आज सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*