जेठ १३ गतेसम्म मकवानपुरभर निषेधज्ञा गर्न सिफारिस
बैशाख ३०, हेटौँडा । आगामी गतेबाट १३ गतेसम्म मकवानपुर जिल्लाभर निषेधज्ञा गर्न सिफारिस गरिएको छ ।
आज मकवानपुरको हेटौँडामा बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन समितिको बैठकले मकवानपुर जिल्ला भर बैशाख ३१ गते राती १२ बजेबाट लागु हुनेगरि जेठ १३ गतेसम्मको लागि निषेधज्ञा गर्न सिफारिस गरेको हो ।
मकवानपुरमा कोरोना संक्रमणको प्रकोप दिनानुदिन बढदै गएपछि रोकथामको लागि निषेधज्ञा अपरिहार्य रहेको निश्कर्ष सहित समितिले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई सिफारिस गरेको हो ।
मकवानपुरमा बैशाख २९ गतेसम्म १ हजार ८ सय ३ जना संक्रिय संक्रमित रहेका छन भने दोश्रो संक्रमण सुरुभएदेखि हालसम्म ४९ जनाले ज्यान गुमाईसको छन् । दैनिक १ सय भन्दा धेदै संक्रमण देखिन थालेपछि केन्द्रले कडा ढंगबाट निषेधज्ञा जारी गर्न सिफारिस गरेको हो ।
























