कांग्रेसले बोलायो पदाधिकारी बैठक

बैशाख ३०, काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

आज अपरान्ह ४ बजेका लागि पदाधिकारी बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।

आजको बैठकमा नयाँ सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ । यसअघि मंगलवार कांग्रेसको पदाधिकारी बैठक बसेको थियो ।

मंगलवारको बैठकले कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पहलकदमी गर्ने विषयमा छलफल भएको थियो ।

बैठक सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बस्नेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*