मकवानपुरमा आज थप १ सय ८५ जनामा कोरोना पुष्टि
बैशाख ३० हेटौंडा । मकवानपुरमा आज थप १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज ३ सय ४३ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप १ सय ८५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पुष्टि हुनेमा सबैभन्दा बढी १ सय ४८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरी १२ जना मनहरी गाउँपालिकाका, ११ जना थाहा नगरपालिकाका,८ जना कैलाश गाउँपालिकाका,५ जना मकवानपुगढी गाउँपालिकाका र एक जना राक्सिराङ गाउँपालिकाका रहेका छन् ।
























