हाल सम्म बागमती प्रदेशमा एक हजार ७१६ जना संक्रमितको मृत्यु

बैशाख ३१, हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण हाल सम्म एक हजार ७ सय १६ जनाको मृत्यु भएको छ । यस प्रदेशमा हिजो एकै दिनमा ४ हजार ३ सय ३४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपीएका छन् ।

कोरोनाको दोस्रो लहर फैलिएसंगै बागमती प्रदेशका जिल्लामा यसको जोखिम बढेको छ । हिजो एकैदिनमा संक्रमितहरु धेरै थपीदै गएको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषेत्तम राज सेढाइले जानकारी दिनुभयो ।

यस बागमती प्रदेशमा आज सम्ममा जम्मा २ लाख ३२ हजार ९ सय ३३ जनामा संक्रमण भएकोमा करिब ७९ प्रतिसत निको भएको छ । करिब २१ प्रतिसत वा ४६ हजार ६ सय ५६ जना उपचाररत रहेका छन् ।

मकवानपुर जिल्ला पनि कोरोनाको उच्च जोखिममा परेको छ । मकवानपुर जिल्लाका गाउँ गाउँमा कोरोनाका संक्रमित देखा परेका छन् । हेटौंडाका टोल टोलमा कोरोना संक्रमित बढेका छन् । हेटौंडा अस्पतालमा संक्रमितको उपचार गर्न भ्याइ नभ्याइ भएको छ ।

मकवानपुर जिल्लामा पनि कोरोनासंग मिल्दोजुल्दो लक्षणका बिरामीहरु बढ्न थालेका छन् । बागमती प्रदेशका उपत्यकाका जिल्लामा कोरोनाको जोखिम अली बढेको छ । कोरोनाका बिरामी उपत्यकाका जिल्लामा धेरै देखिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*