केपी ओलीलाई बामदेवले दिए बधाई

बैशाख ३१, हेटौँडा । नेकपा एमालेका नेता बामदेव गौतमले प्रधानमन्त्री केपीशर्मा ओलीलाई प्रधानमन्त्रीमा पुनः नियुक्ति भएकोमा बधाई दिएका छन् ।

सामजिक सञ्जाल फेसबुक मार्फत पोष्ट गर्दै उनले भनेका छन स्नेकपा एमाले का दुई वरिष्ठ नेताहरु अध्यक्ष क..के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क।माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ ।

यो नेकपा एमाले का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क। केपी शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।

केहि दिन अघि मात्र उनले माधव नेपालले पार्टी फुटाए आफु सोहि पार्टीमा लाग्ने अभिब्यक्ति दिएपछि चर्चामा आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*