आज ओली-नेपाल भेट्दै

जेठ २, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ ।

आजको भेटघाटमा पार्टी विवाद समाधानका लागि बनाउन लागिएको कार्यदल टुंग्याइने बताइएको छ । शुक्रवार ओली नेपालसहित दुवै पक्षका अन्य नेताहरु समेतको बैठकले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने निर्णय गरेको थियो ।

नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउनुपर्ने बताउँदै आइरहेको छ । यसअघिको बैठकमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई राखिएकोमा सशंकित बनेको नेपाल पक्षले कार्यदलमा बादललाई राख्न नहुने बताएको छ ।

स्रोतका अनुसार ओली नेपालबीच दिउँसो १ बजेका लागि भेटघाटको प्रवन्ध मिलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*