हेटौंडा अस्पतालमा गरिएको परिक्षणको रिर्पोट अब मोवाईलमा एसएमएस
जेठ ३, हेटौंडा- हेटौंडा अस्पतालमा गरिएको कोभिड१९ परिक्षणको नतिजा अब मोवाईलमा एसएमएस गरिने भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)ले हेटौंडा अस्पतालमा गरिएको परिक्षणको रिर्पोट अब सम्बन्धित व्यक्तिलाई रिर्पोट नेगेटिभ रपोजेटिभ जे भए पनि एसएमएस पठाएर जानकारी गराउने अस्पतालका कोडिभ १९ फोकल पर्सन डा. सागर काफ्लेले बताए ।
अस्पताल परिसरमा रिर्पोट लिनेको भीडभाड बढेकोले अस्पताल प्रशसनले २ जना कर्मचारी राखी मोवाइलमा एसएमएस पठाएर जानकारी दिने र इमेलको पहुँच हुनेलाई लिन्क पठाउने कार्य पनि सुरु गरिएको डा। काफ्ले बताए ।
कोरोना लक्षण, विरामी पश्चातका सल्लाह सुझाव लिनदिनकबा लागि अस्पतालले हटलाइन नम्बर प्रयोग गरी सेवा प्रदान सुरुवात गरेको छ । कोभिड हटलाइन भन्दै ९७४१८६९५३५ नम्बर प्रयोगमा ल्याइएको डा। काफ्लेले बताए ।
























