स्वास्थ्य ब्यवस्थापनमा बागमती प्रदेश २४ घण्टानै लागिपरेको छः मुख्यमन्त्री पौडेल

जेठ ३, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अभावको बिचमा पनि प्रदेश सरकार कोरोना नियन्त्रमा लागिपरेको बताएका छ्न ।

बागमती प्रदेश सरकारले निर्माण सम्पन्न गरेको ११ वटा पुल भर्चुअल माध्यमबाट उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले कोरोना महामारी नियन्त्रण संगै प्रदेश सरकारले विकासको काम पनि निरन्तर भैरहेको बताए ।

बागमती प्रदेशका अस्पतालमा अक्सिजनको ब्यवस्थापन, एच.डि.यु र आइसियुको ब्यबस्थापनमा प्रदेश सरकार २४ घण्टानै लागिपरेको भन्दै उनले प्रदेश सरकार जनस्वास्थ्यप्रती अत्यन्तै गम्भिर रहेको बताए ।

उनले भनेस् बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालको स्तोरन्नती गरेकै कारण हाल दैनिक सयौ विरामिले उपचार सेवा पाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*