४० थान अक्सिजन सिलिण्डर हेटौंडा अस्पताललाई हस्तान्तरण

जेठ ३, हेटौंडा – नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, मकवानपुरले ४० थान भरिएका अक्सिजन सिलिण्डर मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको छ ।

अस्पतालमा अक्सिजनको अभाव भए पश्चात आइतबार पूर्वी नवलपरासी पुगेर प्रशासन र प्रहरीको समन्वयमा ४० थान अक्सिजन भरिएको सिलिण्डर खरिद गरी हेटौंडा अस्पताललाई हस्तान्तरण गरेको हो ।

सोमबार हेटौंडा अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईलाई उक्त ४० थान सिलिण्डर हस्तान्रण गरिएको नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, मकवानपुरका संयोजक उत्सव इटेनीले बताए ।

निषेधाज्ञाको समयमा व्यवसायी प्रमोद सिं रानाभाटको ढुवानी सहयोगमा तरुण दल नगर अध्यक्ष सुनिल गिरी सहितको टोलीले ४० थान सिलिण्डर हेटौंडा ल्याएको थियो ।

अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले अस्पतालमा भएको अक्सिजन अभावलाई मध्यनजर गर्दै सहयोग गरेकोमा समितिका सम्पुर्ण पदाधिकारीलाई धन्यवाद दिदैं कामप्रति आभार प्रकट गरे ।

हस्तान्तरण कार्यक्रममा कांग्रेस नगर सभापति आनन्दराम पराजुली, वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष राजेश बानियाँ, तरुण दल नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिती रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*