बकैयाको जंगलमा मानव कंकाल फेला
जेठ ३, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाको एक सामुदायिक वनमा मानव कंकाल फेला परेको छ ।
आइतबार बकैया-८ का स्थानीयले जंगलमा च्याउ खोज्ने र शिकार खेल्ने क्रममा गाउँपाकिलाको वडा नंबर ८ को बकैया ठाकुर सामुदायिक वनमा मानव कंकाल फेला पारेका हुन् । मानव कंकाल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले उक्त वनमा मानव कंकाल जस्तो खप्पर फेला परेको बताए । उनले भनेः हामीहरुलाई मानव कंकाल भेटिएको भन्ने खबर आएसंगै आज बिहान १० बजे घटनास्थलमा प्रहरी खटाएका थियौ । मानव खप्पर जस्तो देखिने कंकाल रहेको छ ।
प्रवक्ता रिमाले घटनाको थप अनुसन्धान हुने बताएका छन् । घटना स्थलमा मानव खप्पर मात्र फेला परेको छ प्रवक्ता रिमालले भने,‘घटना स्थलमा खप्पर मात्र होकी,अरु पनि छन् कि कंकाल कसैले उठाएर राखेका हुनुसक्ने अथवा के हो अनुसन्धान गर्दै छौ ।’
























