हेटौंडामा बजार खुल्दा अत्याधिक भिडभाड बढ्यो

जेठ ४, हेटौंडा । हेटौंडामा हप्ताको दुईदिन मात्र बजार खुल्दा अत्याधिक भिडभाड बढे्को देखिएको छ ।

कारोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले खाद्यान्न,दुध,तरकारी,पानी तथा फलफुल बजारसमेत मंगलवार र शुक्रवार विहान ५ बजेदेखि विहानको ८ बजेसम्म मात्र खाल्ने निर्णय गरेसंगै बजारमा भिड बढे्को देखिन्छ । थप कडाईका साथ जेठ १ गतेदेखि १३ गतेसम्म जिल्लाको १० वटै स्थानीय तहमा निषेधाज्ञा जारी गरेसंगै बजारमा भिडभाड बढे्को हो ।

बैशाख ३० गते बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बसेको जिल्ला कोभिड९१९ संकट व्यवस्थापन केन्द्रले जिल्लाभर निषेधाज्ञा जारी गरेपनि हटौंडा मुख्य बजार क्षेत्र उत्तरमा चौकीटोल,दक्षिणमा कर्राखोला,पूर्वमा क्याम्पा डाँडा पश्चिममा थानाभर्याङ भित्रमा थप कडाई साथ निषेधाज्ञा जारी गरेको छ ।

मानिसहरु दुरी कायम नगरि भिडभाडरुपमा खाद्यान्न तरकारी किनिरहेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*