राजकुमार न्यौपाने प्यानलद्वारा हेटौँडा अस्पताललाई अक्सिजन सहितको सिलिण्डर प्रदान

हेटौँडा, जेठ ४ – मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा आउँदो निर्वाचनमा अध्यक्षका उम्मेद्वार समेत रहेका न्यौपानेको प्यानलले आज हेटौँडा अस्पताललाई ५० थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेको छ ।

आज बिहान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राजकुमार न्यौपाने प्यानलले ५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको हो । सिलिण्डर ग्रहण गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवम् हेटौँडा अस्पताल सञ्चाल तथा ब्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईले मकवानपुरका नागरिक समाज दुखको समयमा एक भई सहयोग गर्ने भावनाको रहेको बताए ।

अहिलेको विषम परिस्थितमा हेटौँडा अस्पताललाई धेरैभन्दा धेरै अक्सिजन आवश्यक परेको अवस्थामा न्यौपाने प्यानलको सहयोग निकै महत्वपूर्ण रहेको उनको भनाई रहेको थियो ।
अक्सिजन वितरण अभियानमा न्यौपाने समुहका वाणिज्य तर्फका उपाध्यक्षका उम्मेद्वारहरु रामप्रसाद न्यौपाने, उज्वल चौँलागाई, प्रतिमा श्रेष्ठ सहितका अन्य सदस्य पदका उम्मेद्वारहरुको सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*