हेटौँडामा १ सय किलो गाजा सहित ३ जना पक्राउ
जेठ ४, हेटौँडा । कोरोना संक्रमणको कारण निषेधज्ञा जारी रहेकै समयमा मकवानपुरमा ठुलो परिणामको गाजा तस्करलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय किलो गाजा सहित मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ बाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले बिशेष सूचनाको आधारमा नामटारबाट हेटौडा आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । ट्रकको क्याभिनको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा रहेको १ क्विन्टल गाँजा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीले ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका ५ बस्ने ४९ बर्षका आईते बहादुर ठाडामगर सहित उक्त गाँजा ओसारपसारमा संलग्न भिमफेदी गाउँपालिका ९ बस्ने ४१ बर्षका ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० बस्ने ३६ बर्षका सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको हो । उनिहरुको प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
























