कोरोनाको कारण हेटौंडामा थप एकको मृत्यु
जेठ ५, हेटौंडा । हेटौंडामा थप एक संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौंडा-५ का ६२ वर्षीय पुरुष रहेका छन् । उनको आज बिहान हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएकोे स्वास्थ्य कार्यलय मकावनपुरले जनाएको छ । मृतक पुरुषलाई बैशाख २७ गते कोरोना पुष्टि भएको थियो ।
यो संगै हेटौंडा-५ का कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको कार्यलयले जनाएको छ । यसैगरि हेटौंडा उपमहानगरपालिका भित्रका कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५५ पुगेको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
























