जेठ १३ गतेसम्म हेटौंडामा खाद्यन्न तथा तरकारी पसल पूर्ण रुपमा बन्द
जेठ ५, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोना संकट व्यवस्थापन केन्द्रले निषेधाज्ञाभर हेटौंडा बजार पूर्ण रुपमा बन्द गर्ने भएको छ ।
कोरोन संक्रमण बढेको भन्दै आज जिल्ला प्रशासन कार्यलय मकवानपुमा बसेको कोरोना संकट व्यवस्थापन केन्दको बैठकले जेठ १३ गतेसम्म हटौंडा मुख्य बजार क्षेत्र उत्तरमा चौकीटोल,दक्षिणमा कर्राखोला,पूर्वमा क्याम्पा डाँडा पश्चिममा थानाभर्याङ भित्रमा निषेधाज्ञा कडा गर्न लागेको हो ।
बैठकले उत्तरमा चौकीटोल,दक्षिणमा कर्राखोला,पूर्वमा क्याम्पा डाँडा पश्चिममा थानाभर्याङ भित्रमा जेठ १३ गतेसम्म खाद्यन्न तथा तरकारी पसल पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दैछ ।
























