हेटौँडामा आईपुगे गृहमन्त्री बादल सहित एमाले नेताहरु

जेठ ७, हेटौँडा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहित एमाले नेताहरु हेटौँडा आईपुगेका छन् । भोली जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको उम्मेद्वार समेत रहेका बादल आजै हेटौँडा आएका हुन् ।

बागमती प्रदेश अन्र्तगतको उपनिर्वाचनमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका बादल उम्मेद्वार बनेका छन् । उनको प्रतिस्पर्धीको रुपमा नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डाक्टर खिमलाल देबकोटा रहेका छन् ।

बादलसँगै एमाले नेताहरु कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, कृष्ण राई लगाएतका नेताहरु समेत हेटौँडा आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*