बिहानैदेखि हेटौंडासहित देशको विभिन्न स्थानमा हल्का वर्षा

जेठ ६, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव तथा भारतको राजस्थान आसपासमा रहेको चक्रवात ताउ-ते थप कमजोर हुँदै उतर पुर्वतिर अगाडि बढेको र यसको प्रभाव रहेकाले हेटौंडासहित देशका विभिन्न स्थानमा हल्का वर्षा जारी रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। महशाखाका अनुसार आज दिनभर अधिकांश स्थानमा पूर्ण बदली नै रहेनछ। ‘दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केहि स्थानहरुमा भारि हिमपातरवर्षाका सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ।

यसैगरी राति पनि वर्षाको सम्भावना रहेको जनाएको छ। ‘राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेको छ,’ महाशाखाको बुलेटिनमा भनिएको छ।

भोलि शुक्रवार देशका धेरैजसो भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यसैगरी राति प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक रदुई स्थानमा मेघगर्जनरचट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*