हेटौँडा अस्पताललाई एमाले निकट युवा विद्यार्थीद्वारा अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण
जेठ ७, हेटौँडा । नेकपा एमाले निकट यूवा तथा विद्यार्थीहरुले कोभिड–१९ का संक्रमितहरुलाई अति आवश्यक पर्ने अक्सिजन सहितको सिलिण्डर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतको हेटौँडा अस्पताललाई प्रदान गरेका छन् । आज बिहान अस्पताल परिषरमा पुगेर ५० थान अक्सिजन सहितको सिलिण्डर प्रदान गरिएको युवा संघ नेपालका केन्द्रीय सदस्य नरेन्द्र भण्डारीले जानकारी दिए ।
कोभिड संक्रमितलाई अति आवश्यक पर्ने अक्सिजनको अभाव भएपछि आफुहरुले सो अक्सिजन ब्यवस्थापन गरेर अस्पताललाई वितरण गरेको केन्द्रीय सदस्य भण्डारीको भनाई रहेको थियो । अक्सिजन हस्तान्तरण गर्दै नेकपा एमाले बागमती प्रदेशका संगठन विभाग प्रमुख अनन्त पौडेलले युवा विद्यार्थीहरुको काम निकै महत्वपूर्ण र सृजनशिल रहेको बताए ।
मुलुकलाई समस्या परेको समयमा युवा विद्यार्थीहरुलृ यस्तै प्रकारका सृजनशिल काम गर्नुपर्ने उनको भनाई थियो । कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यष एकालाल श्रेष्ठ, जिल्ला नेता सुनिल मोक्तान, जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहाल, अनेरास्ववियुका केन्द्रीय नेता किसन घिसिंङ सहितका युवा विद्यार्थीहरुको सहभागिता थियो ।
कार्यक्रममा पौडेलले मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरेका हुन् ।
























