शिवम् सिमेन्टद्वारा हेटौँडा अस्पताललाई अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण

जेठ ७, काठमाडौँ। नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडद्वारा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई १९० थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रूपमा प्रभाव परिरहेको यस विषम परिस्थितिमा देशका विभिन्न अस्पतालहरूमा अक्सिजन, बेड तथा स्वास्थ्य सामाग्री अभाव भई रहको परिस्थितिलाई मध्य नजर गर्दै कम्पनीले उद्योग स्थल स्थित हेटौँडा उपमहानगरपालिको हटियामा अवस्थित बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिन्डर गरी जम्मा १९० थान अक्सिजन सहित ३० थान मेडिकल बेड, ५ थान सिसियू बेड तथा ५ थान उक्त बेडहरूमा जडान गरिने मेडिकल मनिटर हरू शिवम् सिमेन्ट्स द्वारा उक्त अस्पताललाई हस्तान्तरण गरेको हो।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेको जनाएको छ। प्राणवायु अक्सिजन सहितका सिलिन्डर, मेडिकल बेड, सिसियू बेड, मनिटर उपकरण समेतको यी स्वास्थ्य सामाग्रीहरू स्वास्थ्य उपचारबाट वञ्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरूलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पुग्ने कम्पनीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*