बूढानीलकण्ठको सर्वदलीय बैठक निष्कर्षविहीन
जेठ ७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।
बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् । बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै निष्कर्ष ननिकालेको भए पनि छलफलमै रहेको बताए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले पनि दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको र त्यहीँबाट निष्कर्ष निकाल्ने बताए ।
























