आज मकवानपुरमा थप १ सय ७४ जनामा कोरोना

जेठ ७, हेटौंडा । मकवानपुरमा थप १ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।

छिल्लो २४ घण्डामा ३ सय २८ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप १ सय ७४ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । पुष्टि हुनेमा सबैभन्दा बढी १ सय १८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यसैगरि १८ जना थाहा नगरपालिकाका,११ जना मकवानपुसरगढीका,राक्सिराङका ९ जना,भीमफेदीका ८ जना,मनहरीका ६ जना,ईन्द्रसरोबरका ३ जना र कैलाशका १ जना रहेको कार्यलयले जनाएको छ ।

यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या ७ हजार २ सय ३१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*