भीमफेदीमा सुमो दुर्घटना हुँदा एकको घटना स्थलमै मृत्यु
जेठ ७, हेटौंडा । भीमफेदीमा आज सुमो दुर्घटना हुँदा एक जनाको दुर्घटना स्थलमै मृत्यु भएको छ ।
भीमफेदी गाउँपालिका वडा नं. ७ कोगटेबाट बृद्धभत्ता लिन आएको ना १ ज १९१४ नम्बरको सुमो भीमफेदीबाट फर्कदा कोगटेमै दुर्घटना भएको हो । दुर्घटनामा भीमफेदीकै वर्ष ८२ की कान्छीमाया सिन्जाली मगरको घटना स्थलमै मृत्यु भएको हो भने अन्य २ गम्भिर घाइते भएका छन् भने ३ जना सामान्य घाइते भएका छन् ।
घाइतेको उद्दारको लागि भीमफेदी गाउँपालिका र प्रहरीको टोली घटना स्थल पुगेको छ । दुर्घटनाको पुर्णविवरण आउँन बाँकी छ ।
























