हेल्प डेस्कलाई मकवानपुर जागरण अभियानको सहयोग
जेठ ८,हेटौडा । बढ्दै गएको कोरोना सङ्क्रमण र त्यसले निम्त्याउने विभिन्न समस्याको सहजीकरण गर्ने उद्देश्यले हेटौंडा अस्पतालमा संचालन गरेको हेल्प डेस्कमा मकवानपुर जागरण अभियानले नगद पन्ध्र हजार रुपैयाँ सहयोग गरेको छ ।
हेटौंडा अस्पताल परिषरमा युवाहरुले संचालनमा ल्याएको हेल्प डेक्समा आवश्यक सामान खरिद गर्न आज पन्ध्र हजार रुपैयाँ सहयोग गरेको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए । हेल्प डेक्स स्थापनाले बिरामीहरुलाई निकै सहयोग मिलेको बताउदैै अध्यक्ष कोइरालाले युुवाहरुको खुुलेर तारिफ गरे ।
कोरोना सङ्क्रमणको माहामारीका बेला बिरामी र बिरामीको आफन्तलाई सहयोग र सहजीकरण गर्नका लागि हेटौँडाका विभिन्न सङ्घ संस्था समाजसेवी विद्यार्थी एवम् पत्रकार लगायत स्वतन्त्र युवाहरूले अस्पताल नजिकै ‘हेल्प डेस्क’ स्थापना गरेका हुन् । हेटौँडामा कसैलाई समस्या परे ‘हेल्प डेस्क’मा सम्पर्क राख्न समेत आग्रह गरिएको छ ।
























