पिप्ले युवा क्लव र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण सुरु

जेठ ९, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-५ नम्बर क्याम्पाडाँडामा रहेको क्याम्पाडाँडा खेल मैदानमा रंगशाला निर्माण अभियान सुरु भएको छ । रंगशालाको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शनिबार शिलान्यास गरेका छन् ।

पिप्ले युवा क्लवको अगुवाई र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण सुरु भएको हो । रंगशाला निर्माणका लागि उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने मेयर महतले बताए ।

प्रदेश राजधानी हेटौंडामा यो रंगशाला निर्माण हुन लागेकाले यहाँ नमुना खेल मैदान निर्माण गरिने बताए । दुइ करोड रुपैयाँ भन्दा धेरै लगानीमा रंगशाला निर्माण गर्न लागिएको हो । चौरमा अरु खेलकुद पनि गर्न सकिनेगरी काम अगाडी बढेको छ । हेटौंडाकै नमुना खेलमैदान निर्माणका लागि उपमहानगरले रकम सहयोग गर्ने मयर महतको भनाई छ ।

पिप्ले युवा क्लवको अगुवाईमा क्याम्पाडाँडाको खेल मैदानलाई व्यवस्थित गर्दै रंगशाला निर्माण अभियान थालनी गरिएको हो । प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित खेल मैदान जरुरी रहेको धारणा राख्दै उनले पिप्ले युवा क्लव र अध्यक्ष सुशील घिमिरेको अगुवाईमा भैरहेको कामको प्रशंसा समेत गरे ।

कार्यक्रममा वडा अध्यक्ष राजेश बानियाँ, क्लबका अध्यक्ष शुशिल घिमीरे लगाएतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*