एक करोड लागतमा बकैयामा पुल निर्माण
जेठ ९, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–५ ठांटी खहरे खोलामा पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल नहुँदा बकैयाँको वडा नम्बर ५ र ६ का वासिन्दाहरुले बषौंदेखि समस्या बेहोर्दै आएका थिए ।
अहिले पुल निर्माण भएपछी अब सवारीका साधन चल्नसंगै धेरै काममा सहज भएको बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनालले वताउनुभयो । बागमती प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा एक करोड लागतमा पुल निर्माण भएको हो ।
यहाँको नजिकको बिद्यालय जान र एक वडा बाट अर्को वडामा जानका लागि समस्या भएको थियो अहिले भने सहज भएको अध्यक्ष खनालले वताउनुभयो । पुल निर्माण अन्तिम चरणमा पुगेको छ।
प्रदेश सरकार अन्तर्गत समपुरक योजनामा गाउंपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा १ करोड लागतको २६ मिटर लामो पुल निर्माण गरिएको गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले वताउनुभयो । पुल निर्माण भएर यो वर्षायामबाटनै ओहोर दोहोर गर्न सहज हुने उहाँले वताउनुभयो ।
























