कोरोना कारण हेटौँडामा थप तीन जनाको मृत्यु

जेठ ९, हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत हेटौँडा अस्पतालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १५ का ४३ बर्षीय पुरुष, हेटौँडा–४ थाहाचोककी ६० बर्षीया महिला र हेटौँडा–५ का ८५ बर्षीय पुरुष रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिएका छन् । उनिहरु अस्पतालको आइसियु तथा भेन्टिलेटर कक्षमा उपचाररत थिए ।

मृतक तीनै जना जेठ १ गते यता कोरोना पुष्टि भएका र स्वासप्रस्वासमा समस्या भएका कारण हेटौँडा अस्पतालको कोभिड उपचार वार्डको आइसियु कक्षमा भर्ना भएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*