लियो क्लब अफ मकवानपुर हेटौंडाको साधारण सभा सम्पन्न, अध्यक्षमा ढुङ्गेल

जेठ ९, हेटौंडा- लियो क्लब अफ मकवानपुर हेटौंडामा बर्ष २०२१ र २२ का लागि नयाँ नेतृत्वमा चयन भएको छ। सागर ढुङ्गेल सन २०२१र२२ को अध्यक्षमा चयन भएका हुन्। जुम मार्फत सम्पन्न भएको लियो क्लब अफ मकवानपुर हेटौंडाको साधारण सभाबाट ढुङ्गेलको नेतृत्वमा चयन भएका हो ।

नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा सुर्दशन बराल, द्धितीय उपाध्यक्षमा सहनशिला ढकाल,तृतीय उपाध्यक्षमा रुविन श्रेष्ठ, सचिवमा विप्लभ गौतम र कोषाध्यक्षमा प्रविन पौडेल चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिमा लायन्स क्लव अफ मकवानपुर हेटौंडाका अध्यक्ष हरी शर्मा रहेका थिए भने विशिष्ट अतिथिमा लाइन्स क्लब अफ मकवानपुर हेटौंडा पूर्व अध्यक्ष तथा लियो एडभाइजर रवि शर्मा कडेलको उपस्थिति रहेको थियो ।

लियो क्लब अफ मकवानपुर हेटौंडाको संस्थापक अध्यक्ष सुसान्त खतिवडा र पूर्व अध्यक्ष सन्तोष वस्यालको आतिथ्यमा क्लवको विधि र विधान अनुसार साधारण सभा गरि नेतृत्व चयन भएको सुशान्त खतिवडाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*