मकवानपुरगढी कोभिड अस्पताललाई सामुदायिक रेस्पोन्स कार्यदलको सहयोग

९ जेठ, हेटौंडा । सामुदायिक रेस्पोन्स कार्यदल हेटौंडा ६ र १७ ले मकवानपुरगढी मक्रान्चुलीमा रहेको कोभिड(१९ अस्थायी अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
कार्यदलले पानी १० कार्टुन, सेनिटाईजर ९५०० मिलि० १० बोतल, मास्क ५ बाकस, पन्जा १ बाकस र पल्स अक्सीमिटर १ थान सहयोग गरेको हो ।  कार्यदलका सहसंयोजक भरत सापकोटासहितको टोलीले सामग्री स्वास्थ्यकर्मीहरूलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा आर्थिक समितिका संयोजक नवराज न्यौपाने, सहसंयोजक देवराज गौतम, कार्यदलका सदस्यहरू उदय विडारी, भीमसेन पौडेल, पवन दुलाल, सुन्दर आचार्य, उतम ढकाल, शिखरकटेरी स्वास्थ्य चौकीका प्रमुख ध्रुव लामिछाने, लगायतको सहभागिता रहेको थियो । सहयोगले कोभिड अस्पताल संचालनमा मद्धत पुगेको भन्दै कार्यदलप्रति शिखरकटेरी स्वास्थ्य चौकीका प्रमुख ध्रुव लामिछानेले आभार व्यक्त गरे । कार्यदलले यसअघि शिखरकटेरी स्वास्थ्य चौकीलाई पनि अक्सिजन सिलिन्डर सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*